Rumpum Advertisement

सीता क्रिकेट वरीयतामा पर्ने एक्लो नेपाली महिला खेलाडी

Neuro Revised Adv
Koshi Dashain ad
सीता क्रिकेट वरीयतामा पर्ने एक्लो नेपाली महिला खेलाडी

विराटनगर, १५ असाेज । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को महिला टी–ट्वान्टी ब्याटिङ वरीयतामा नेपालकी उपकप्तान सीता राना मगरको वरीयता सुधार भएको छ ।

आईसीसीले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा सीताको ब्याटिङ वरीयता तीन स्थान सुधार भएको हो ।

नयाँ वरीयतामा सीता ८५औं स्थानमा छिन् । अघिल्लो वरीयतामा उनी ८८औं स्थानमा रहेकी थिइन् । सीता वरीयतामा पर्ने एक्लो नेपाली महिला खेलाडी हुन् ।

यसअघि पूर्व कप्तान नेरी थापा बलिङतर्फको शीर्ष सयभित्र पर्दै आएकी थिइन् ।

तर, यस पटक उनी शीर्षभित्र पर्न असफल भएकी छन् । महिला टी–ट्वान्टी वरीयतामा नेपाल १४औं स्थानमा रहेको छ ।