Rumpum Advertisement

प्राधिकरणले भन्यो : एयर इण्डिया र थाई एयरकाे ग्राउण्ड ह्याण्डलिङकाे अनुमति छिट्टै फिर्ता लिन्छाैं

Neuro Revised Adv
Koshi Dashain ad
प्राधिकरणले भन्यो : एयर इण्डिया र थाई एयरकाे ग्राउण्ड ह्याण्डलिङकाे अनुमति छिट्टै फिर्ता लिन्छाैं

काठमाडाैं, १५ असाेज । नेपाल नागरिक उड्डयन प्राधिकरणले थाइ एयर र एयर इण्डियालाई दिएको ग्राउण्ड ह्याण्डलिङको अनुमति फिर्ता लिने भएको छ ।

सरकारले हिमालय एयरलाइन्सलाई ग्राउण्ड ह्याण्डलिङको जिम्मेवारी दिएको विषयमा आलोचना भइरहेका बेला प्राधिरकाले थाइ र एयर इण्डियालाई दिएको अनुमति पनि फिर्ता लिने तयारी भएको बताएको हो ।

बिहीबार बसेको प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा भएको छलफलमा प्राधिरकणका महानिर्देशक राजन पोखरेलले आफ्नो ग्राउण्ड ह्याण्डलिङ आफैँ गर्ने गरेका थाइ एयर र एयर इण्डियाको अनुमति फिर्ता लिने बताए ।

अहिले कोरोनाका कारण ती विमान कम्पनीका अधिकारीहरूसँग वार्ता गर्न सम्भव नभएकाले छिट्टै वार्ता गरी अनुमति फिर्ता लिइने उनले बताए । ‘अब थाइ एयर र एयर इण्डियाले ग्राउण्ड ह्याण्डलिङको मौका दिने पक्षमा हामी छैनौं । अहिले कोभिडको बेला छ उहाँहरू हुनुहुन्नँ आएपछि छलफल गरेर तपाईंहरूले सेल्फ ग्राउण्डिङ गर्न पाउनुहुन्न, तपाईंको क्राइट एरिया मिट गर्दैन भन्छौं । अब हाम्रो ग्राउण्ड ह्याण्डिलिङ सेवा दिने प्रदायक नेपाल सेवा निगम मात्रै हो यो कुरामा भ्रममा नपर्नुहोस् ।’

उनले काठमाडौं बेस भएर नयाँ वायुसेवा कम्पनीलाई सञ्चालनको अनुमति नदिने पनि उनले बताए । हिमालय एयरलाइन्सलई नियमानुसार सेल्फ ग्राउण्ड ह्याण्डलिङको जिम्मेवारी दिइएकाले राष्ट्रिय मुद्दा बनाउन नहुने बताए ।