Rumpum Advertisement

कोरोना संक्रमणबाट प्रदेश १ मा एकै दिन पाँचजनाको मृत्यु

Neuro Revised Adv
Koshi Dashain ad
कोरोना संक्रमणबाट प्रदेश १ मा एकै दिन पाँचजनाको मृत्यु

विराटनगर, १५ असोज । कोरोना संक्रमणका कारण प्रदेश १ मा एकै दिन पाँचजनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ६ वर्षीय बालकसहित पाँचजनाको मृत्यु भएको हो ।

मोरङको उर्लाबारीका वृद्धा, मोरङ कारागारका कैदी, सिरहाका वृद्ध, धनुषाका बालक र सुनसरीको इटहरीका पुरुषको मृत्यु भएको हो ।

मोरङको उर्लाबारी नगरपालिका–२ कि ८४ वर्षीया कोरोना संक्रमित वृद्धाको घरमै मृत्यु भएको हो ।

सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बुधबार राति इटहरी उपमहानगरपालिका–६ का ५६ वर्षीय पुरुषको मृत्यु भएको हो ।

प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाका अनुसार अत्यधिक ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएका उनलाई मोरङको विराटनगरस्थित विराट मेडिकल कलेजले रेफर गरेको थियो ।

मोरङ कारागारमा लागूऔषध मुद्दामा पूर्पक्षको लागि थुनामा रहेका एक बन्दीको कोरोना संक्रमणका कराण मृत्यु भएको छ ।

सुनसरीको इटहरी घर भएका २७ वर्षीय युवकमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको कोशी अस्पताल आइसोलेशन प्रमुख डाक्टर लक्ष्मीनारयण यादवले जानकारी दिए ।

बिहीबार विराटनगरको नोबेल मेडिकल कलेजमा उपचाररत सप्तरी घर भएका कोरोना भाइरस संक्रमित पुरुषको बिहीबार मृत्यु भएको छ ।

बिहीबार बेलुका मोरङको टंकिसिनुवरीस्थित विराट मेडिकल कलेजमा उपचाररत ६ वर्षीय कोरोना संक्रमित बालकको मृत्यु भएको छ । 

असोज ८ गते कोरोना पुष्टि भएका धनुषाको जनकपुर उपमहानगरपालिका–२ का ६ वर्षीय बालकको बिहीबार अपरान्ह साढे ४ बजे मृत्यु भएको कलेजको आइसोलेशन इञ्चार्ज सुनिल देवले जानकारी दिए ।

योसँगै प्रदेश १ मा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७५ पुगेको छ । प्रदेश १ मा काेराेना संक्रमितकाे संख्या ६ हजार ९८० पुगेकाे छ ।