Rumpum Advertisement

करको दर र अन्तशुल्क घटाउने मन्त्रिपरिषद्को निर्णय

Neuro Ad
करको दर र अन्तशुल्क घटाउने मन्त्रिपरिषद्को निर्णय

काठमाडाैं, १५ असाेज । सरकारले करका दर र अन्तशुल्क घटाउने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारले करका दर र अन्तशुल्क घटाउने निर्णय गरेको बताए ।

आर्थिक ऐन २०७७ को दफा १८ उपदफा १ बमोजिम करका दरहरू र अन्तशुल्क घटाउने निर्णय भएको मन्त्री ज्ञवालीले बताए । यो व्यवस्था आजै राजपत्रमा प्रकाशित भइ कार्यान्वयनमा आएको पनि उनले बताए ।

त्यस्तै मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १६९ को उपदफा २ ले दिएको अधिकार प्रयोग गरी मुलुकी अपराध संहिता २०७४ को दफा १२६ (क)को कसुर सम्बन्धी मुद्दा सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीले हेर्नेगरी तोक्ने निर्णय पनि मन्त्रिपरिषद्को बैठकले गरेको छ ।

तेजाव पीडितको नाम र फोटो प्रकाशित गरी सहयोग संकलनको नाममा रकम उठाउने कार्य पनि गैह्रकानूनी ठहर गरिएको र त्यस्तो कामगर्ने कसुरमा दण्डाधिकारीको रूपमा प्रमुख जिल्ला अधिकारीलाई तोकेको हो ।