Rumpum Advertisement

कर्मचारीलाई कोराना पुष्टि भएपछि उपमहानगरपालिकामा सेवा प्रभावित

Neuro Revised Adv
Koshi Dashain ad
कर्मचारीलाई कोराना पुष्टि भएपछि उपमहानगरपालिकामा सेवा प्रभावित

धरान, १५ असाेज । धरान उपमहानगरपालिकामा कार्यरत कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि हुन थालेपछि सेवा प्रवाह पनि प्रभावित हुन थालेको छ ।

उपमहानगरपालिकाको योजना, प्रशासनलगायत विभिन्न शाखामा कार्यरत कर्मचारीहरूलाई कोरोना सङ्क्रमण पुष्टि भएको जनाइएको छ ।

योजना महाशाखा, प्रशासन तथा सूचना र पर्यटन शाखाको केही दिनका लागि सेवा बन्द गरिएको छ वरिष्ठ प्रशासकीय अधिकृत गणेश खतिवडाले जानकारी दिए ।

सूचना शाखाका एक, घर नक्सा शाखाका दुई र अनुगमन अधिकृतसहित कर्मचारीमा कोरोना पुष्टि भएको उनले बताए ।

सङ्क्रमणकै कारण वडा नं १६ पनि तीन दिनदेखि बन्द छ । बिहीबारदेखि वडा १५ को कार्यालय ७ दिनको लागि बन्द गरिएको वडाध्यक्ष नरेश इवरामले जानकारी दिए । रासस