Rumpum Advertisement

कोरोना संक्रमित गर्भवती महिला अस्पताल भर्ना भए अवधि नपुगी बच्चा जन्मने जोखिम

Neuro Revised Adv
Koshi Dashain ad
कोरोना संक्रमित गर्भवती महिला अस्पताल भर्ना भए अवधि नपुगी बच्चा जन्मने जोखिम

विराटनगर, १५ असोज । कोरोना संक्रमित गर्भवती अस्पताल भर्ना हुनुपरे अवधि नपुगी बच्चा जन्मनेदेखि गर्भ खेर जानसक्नेसम्मको जोखिम बढ्ने बताएको छ ।

सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी)ले गरेको अध्ययन अनुसार अस्पताल भर्ना भएका कोभिड संक्रमित गर्भवतीमा स्वास्थ्यसम्बन्धी विभिन्न जटिल समस्याहरू देखापर्नेदेखि लिएर समयअघि नै बच्चा जन्मने सम्भावना बढी हुन्छ ।

सीडीसीका अनुसन्धानकर्ताहरूले लक्षण देखिएका गर्भवती महिलाहरू एसिम्प्टोमेटिकको तुलनामा प्रायः अवधि नपुगी बच्चा जन्मने सम्भावना तीन गुणा बढी हुने बताएका छन् ।

१ मार्चदेखि २२ अगस्टबीच अमेरिकाका ५ सय ९८ जना गर्भवती महिलालाई अस्पतालमा भर्ना गरियो । अस्पतालमा भर्ना गरिएका आधाभन्दा बढी महिलाहरू (५४.५ प्रतिशत )मा लक्षण देखिएका थिएनन् ।

कोभिड-१९ का कारण अस्पताल भर्ना भएका गर्भवतीमध्ये १६.२ प्रतिशतलाई इन्टेन्सिभ केयरमा राखिएको थियो भने ८.५ प्रतिशतलाई श्वासप्रश्वासका लागि भेन्टिलेटरको सहायता चाहिएको थियो ।

गर्भवतीमध्ये २ जनाको मृत्यु भएको पाइएको थियो । लक्षण नदेखिएका गर्भवती महिलाहरूलाई भेन्टिलेटर र इन्टेन्सिभ केयरमा राखिएको थिएन ।

कोभिडका कारण समयावधि नपुग्दै बच्चा जन्मने जोखिम पनि ज्यादा भएको उल्लेख गरिएको छ ।

रोयल कलेज अफ अब्सटेट्रीसियन्स एन्ड गायनोकोलोजिस्टका अध्यक्ष डा. इड्वार्ड मोरिसले कोरोना भाइरसबाट गर्भवती महिलालाई समग्र जोखिम कम भएपनि अध्ययनको निष्कर्ष गर्भवती महिलाहरूमा हुने विशेष जोखिममा प्रकाश पारेको बताएका छन् ।

गर्भवती महिलाहरूलाई भौतिक दूरी र मास्क लगाउने जस्ता नियमहरू अपनाउन सुझाइएको छ ।

धेरै विशेषज्ञहरूले भने यो विषयमा तथ्यगत कुराहरू थाहा पाउनका लागि अझ धेरै अध्ययन र अनुसन्धान गरिनुपर्ने बताएका छन् ।