Rumpum Advertisement

१५ अक्टुबरबाट भारतमा हल खुल्ने

Neuro Revised Adv
Koshi Dashain ad
१५ अक्टुबरबाट भारतमा हल खुल्ने

विराटनगर, १५ असोज । भारतमा सिनेमा हलहरू खुल्ने भएका छन् ।

भारतमा दैनिक ९० हजार कोरोना संक्रमित देखिए पनि केन्द्रीय सरकारले छ महिनापछि हल खोल्ने निर्णय गरेको हो । भारतको केन्द्रीय सरकारले सार्वजनिक गरेको अनलक–५ गाइडलाइन अनुसार १५ अक्टोबरबाट भारतमा सिनेमा हल खोल्नका लागि अनुमति दिइएको छ । सरकारले भारतमा सिनेमा हलसँगै मल्टिप्लेक्स, प्रदर्शनी हल र मनोरन्जन पार्कहरू पनि खोल्ने अनुमति दिएको हो ।

तर, प्रदर्शकले हलको क्षमताको ५० प्रतिशत मात्र दर्शक राखेर हल खोल्न पाउने छन् । महाराष्ट्र सरकारले भने ३१ अक्टोबरअघि हाल सञ्चालनमा नल्याउन निर्देशन दिएको छ । भारतका केही राज्यहरूमा सुरक्षा मापदण्ड अपनाउँदै आजबाट अर्थात् १ अक्टोबरबाटै हल सञ्चालनमा ल्याउन अनुमति दिएका छन् । सरकारले गरेको यस निर्णयलाई फिल्मकर्मीहरूले स्वागत गरेका छन् ।

त्यस्तै, स्कुल र कोचिङ संस्थानलाई पुनः खोल्नका लागि राज्य सरकारले १५ अक्टोबरपछि निर्णय लिने बताइएको छ ।