Rumpum Advertisement

कोरोनाबाट मृत्यु हुनेको संख्या पाँच सय नाघ्यो

Neuro Ad
कोरोनाबाट मृत्यु हुनेको संख्या पाँच सय नाघ्यो

विराटनगर, १५ असोज । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट ज्यान गुमाउनेको संख्या पाँच सय नाघेको छ ।

बिहीबार थप ११ जनाको ज्यान गएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ५०९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित ब्रिफिङका जानकारी दिएको छ ।

बिहीबार एकैदिन १९ सय ११ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितकाे संख्या ७९ हजार ७२८ पुगेको छ । जसमध्ये सक्रिय संक्रमितको संख्या २१ हजार ८३० रहेको छ ।

यता, नेपालमा कोरोनामुक्त हुनेको संख्या ५७ हजार ३८९ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ९४३ जना कोरोनालाई जितेर घर फर्किएका छन् ।