Rumpum Advertisement

बिहीबार एकै दिन १९ सय ११ कोरोना संक्रमित भेटिए

Neuro Ad
बिहीबार एकै दिन १९ सय ११ कोरोना संक्रमित भेटिए

विराटनगर, १५ असोज । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ७९ हजार ७२८ पुगेको छ ।

बिहीबार एकै दिन १९ सय ११ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या ७९ हजार ७२८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार विभिन्न प्रयोगशालामा गरिएको १२ हजार ४४४ जनाको परीक्षणमा थप १९ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कुल संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या २१ हजार ८३० रहेको छ ।

यता, नेपालमा कोरोनामुक्त हुनेको संख्या ५७ हजार ३८९ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ९६१ जना कोरोनालाई जितेर घर फर्किएका छन् ।

आज ११ जनाकाे मृत्यु भएसँगै कोरोनाबाट ज्यान गुमाउनेकाे संख्या ५०९ पुगेकाे छ ।