Rumpum Advertisement

राजिनामालगत्तै रेग्मी बेलायती राजदूतमा सिफारिस, नयाँ मुख्यसचिवमा बैरागी

Neuro Revised Adv
Koshi Dashain ad
राजिनामालगत्तै रेग्मी बेलायती राजदूतमा सिफारिस, नयाँ मुख्यसचिवमा बैरागी

काठमाडौं, १५ असोज । सरकारले मुख्यसचिवबाट राजिनामा दिएका लोकदर्शन रेग्मीलाई बेलायती राजदूत नियुक्त गर्न सिफारिस गरेको छ ।

बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले रेग्मीको राजीनामा स्वीकृत गर्दै बेलायती राजदूत नियुक्त गर्न सिफारिस गरेको हो ।

रेग्मीकाे राजिनामापछि मुख्यसचिव पदमा परराष्ट्र सचिव शंकरदास बैरागीलाई नियुक्त गरेको छ ।

रेग्मीको कार्यकाल ३ कात्तिकसम्म थियो । कार्यकाल सकिन केही दिन बाकीँ छँदा राजिनामा दिएका उनलाई बेलायती राजदूतमा सिफारिस गरेका मन्त्रीपरिषद बैठकले प्रधानमन्त्रीका प्रमुख आर्थिक सल्लाहकार डा. युवराज खतिवडालाई अमेरिकाका लागि नेपाली राजदूत सिफारिस गरेको छ ।

राष्ट्रपतिले खतिवडा र रेग्मीलाई राजदूत नियुक्त गर्नुअघि संसदीय समितिले सरकारको सिफारिस अनुमोदन गर्नुपर्नेछ ।