Rumpum Advertisement

अक्षयको ‘लक्ष्मी बम’ ९ नोभेम्बरमा डिजिटल माध्यम साथै हलमा पनि रिलिज हुने

Neuro Revised Adv
Koshi Dashain ad
अक्षयको ‘लक्ष्मी बम’ ९ नोभेम्बरमा डिजिटल माध्यम साथै हलमा पनि रिलिज हुने

विराटनगर, १४ असोज । बलिउडका अभिनेता अक्षय कुमारको मुख्य भूमिका रहेको फिल्म ‘लक्ष्मी बम’ रिलिजको तयारीमा छ ।

केहि समय अगाडि मात्रै ‘लक्ष्मी बम’ को टिजर सार्वजनिक गर्दै अक्षयले फिल्म ९ नोभेम्बरमा हलमा रिलिज गर्न नमिल्ने कारण डिजिटल माध्यमबाट रिलिज गरिने जानकारी दिएका थिए ।

तर, अब यो फिल्म हलमा पनि रिलिज हुने भएको छ । ९ नोभेम्बरमा फिल्मलाई डिजिटल माध्यमसँगै कुनै विदेशी हलमा पनि रिलिज गरिने बताइएको छ ।

कोभिड महामारीका कारण देशभर हलहरू बन्द रहेको कारण फिल्मलाई भारतमा डिजिटल प्लेटफर्ममा रिलिज गरिनेछ ।

तर, अष्ट्रेलिया, न्यूजिल्याण्ड र यूएइमा भने हलमा रिलिज हुने भएको छ । साथै, अमेरिका, क्यानडा र बेलायतमा लक्ष्मी बम हटस्टारमा रिलिज हुनेछ ।

फिल्ममा अक्षयको २ फरक अवतार देखाइएको छ । फिल्ममा ट्रान्सजेन्डरको भूमिकामा रहेको अक्षयको साथमा अभिनेत्री कियरा आडवाणी, तुषार कपूर, शरद केलकर, अश्विनी कलसेकरलगायतका कलाकारहरूको मुख्य भूमिका रहेको छ ।

‘लक्ष्मी बम’ हरर कमेडी तमिल ब्लकबस्टर फिल्म मुनी २: कञ्चनाको रिमेक हो । हिन्दी भर्जनको फिल्मलाई राघव लरेन्सले निर्देशन गरेका हुन् ।