Rumpum Advertisement

आईपीएल : राजस्थानसामु कोलकत्ताको १७५ रनको लक्ष्य

Neuro Revised Adv
Koshi Dashain ad
आईपीएल : राजस्थानसामु कोलकत्ताको १७५ रनको लक्ष्य

विराटनगर, १४ असोज । यूएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकत्ता नाइट राइडर्सले राजस्थान रोयल्सलाई १७५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

बुधबार दुबई रंगशालामा टस हारेर ब्याटिङमा उत्रिएको कोलकत्ताले निर्धारित २० ओभर खेल्दा ६ विकेटको क्षतिमा १७४ रन बनायो ।

कोलकत्ताका लागि शुम्नम गिलले ४७ रन बनाए भने इयोन मोर्गानले अजिवित ३४ रन बनाए । आन्द्रे रुसेलले २४ रन जोड्दा नीतिष रानाले २२ तथा सुनिल नारिनेले १५ बनाए ।

प्याट कुमिन्सले १२ रन बनाउँदा कमलेश नगरकोटीले ८ रन जाेडे ।

बलिङतर्फ जोफ्रा अर्चरले दुई विकेट लिँदा अंकित राजपुत, जयदेव उनादकात, टोम कुरान र राहुल टेवाटियाले समान एक–एक विकेट लिए ।