Rumpum Advertisement

कात्तिक पहिलो सातादेखि क्लिनफिड लागू हुन्छ : प्रधानमन्त्री ओली

Neuro Revised Adv
Koshi Dashain ad
कात्तिक पहिलो सातादेखि क्लिनफिड लागू हुन्छ : प्रधानमन्त्री ओली

काठमाडाैं, १४ असाेज । प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो कात्तिकको पहिलाे साताबाट कानूनबमोजिम विज्ञापनरहित प्रसारण सेवा (क्लिनफिड) लागू हुने बताएका छन् ।

नवगठित मिडिया एलायन्स नेपालका अध्यक्ष भाष्करराज राजकर्णिकार नेतृत्वको टोलीलाई बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बधाई दिँदै प्रधानमन्त्री ओलीले ७ कात्तिकदेखि क्लिनफिड लागू हुने बताए ।

कानूनको पालनामा सरकार पछि नहट्ने स्पष्ट पार्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री ओलीले यस्तो बताए ।

सूचनाको हकसम्बन्धी कानून अफवाहको चक्रव्यूह सिर्जना गर्न नभएको स्पष्ट गर्दै पारस्परिक सहयोगका साथ अघि बढ्न पनि पनि उनले आह्वान गरे ।

प्रधानमन्त्री ओलीले पत्रकारको भौतिक सुरक्षाको सरकारले शतप्रतिशत सुनिश्चितता गर्ने र अन्य क्षेत्रमा सम्भव भएसम्मका सहयोग, सुरक्षा र संरक्षण हुने पनि बताए ।