Rumpum Advertisement

ओलीले फेरि एकपटक विभिन्न मिडिया सम्पादकहरूसँग गुनासो पोखे

Neuro Revised Adv
Koshi Dashain ad
ओलीले फेरि एकपटक विभिन्न मिडिया सम्पादकहरूसँग गुनासो पोखे

काठमाडाैं, १४ असाेज । प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि एकपटक विभिन्न मिडिया सम्पादकहरूसँग गुनासो पोखेका छन् ।

भर्खरै गठन भएको मिडिया एलायन्सका पदाधिकारीहरूसँग बुधबार साँझ भएको भेटमा सञ्चारमाध्यमका सम्पादकहरूसँग गुनासो रहेको बताए ।

सञ्चार जगतलाई केही भन्यो भने बुरुक्क उफ्रने प्रवृत्ति रहेको बताउँदै उनले सञ्चारमाध्यमले सरकारलाई दिनहुँ गाली गर्दा सहनुपर्ने तर सञ्चारमाध्यमलाई आफूले एकपटक सुझाव दिँदा सहन्न भन्ने प्रवृत्ति सम्पादकहरूमा देखिएको बताए ।

सरकारलाई दिनरात गाली गर्दा सहनुपर्छ भनेर सुझाव दिने सञ्चारमाध्यमले पनि सहने शक्तिको विकास गर्नुपर्ने बताउँदै उनले भने, ‘यो सञ्चार जगत यस्तो हो अरु जसलाई जे भने पनि छुट पाइन्छ । सञ्चारमाध्यमलाई अलिकति चिसिक्क भयो भने खपिसक्नु हुँदैन । एकदम सेन्सेटिभ नि ! यसो छोयो भनेदेखि बुरुक्क उफ्रिहाल्ने । करेन्ट लागेजस्तो ।’

‘अलि अगाडि मलाई सञ्चारकर्मीहरू, सम्पादकहरूले भेटनु भयो । तर उहाँहरूले मलाई हामीलाई यसो किन भन्नुभयो भनेर भन्नुभयो । मैले भने तपाईहरुलाई दिनरात गाली गर्दा हुन्छ । मैले अलिकति भने भने तपाईंहरू दिन-रात गाली गर्ने मैले किन यसो गर्‍यौं भन्दा सहनुपर्छ भनेर सिकाउने अनि मैले अलिकति भन्दा सहन नसक्ने के हो यो । आफूले भनेको भन्यै गर्ने यसो नगर्नुस् न भन्दा सहन सिक्नुपर्छ भन्ने । मैले अलिकति सुझाव दिएँ भने सहन्नँ भनिहाल्ने ?’ उनले थपे ।

प्रधानमन्त्री ओलीले नेपालमा अगाडि बढ्न चाहनेहरूको खुट्टा तान्ने प्रवृति रहेको पनि बताए ।

बाकसमा रहने भ्यागुताको उदाहरण दिँदै कोही पनि अगाडि बढ्न नसक्नेगरी खुट्टा तान्ने प्रवृति रहेको उनको भनाइ छ ।

प्रधानमन्त्री ओलीले मिडियाकर्मीहरूसँग विज्ञापन बोर्डको गठन छिट्टै हुने प्रतिवद्धतासमेत जनाए ।

बोर्ड गठन नहुँदासम्म अन्य कुनै सरकारी संयन्त्रबाट विज्ञापन बजारको नियमन गरिने गरिनेसमेत बताए ।