Rumpum Advertisement

करेलाको जुस : तौल कम गर्नदेखि मधुमेह नियन्त्रणमा राख्नसम्म

Neuro Revised Adv
Koshi Dashain ad
करेलाको जुस : तौल कम गर्नदेखि मधुमेह नियन्त्रणमा राख्नसम्म

विराटनगर, १४ असोज । करेला तौल कम गर्न र मधुमेह पीडित मानिसहरूमा रगतमा चिनीको मात्रा कम गर्ने क्षमताको लागl चिनिने एक प्रभावकारी तरकारी हो ।

आवश्यक पोषक तत्वहरूले भरिएको करेलाका विभिन्न स्वास्थ्य लाभहरू छन् । करेलाको जुसको सेवनले वास्तवमा पेटको बोसो छिट्टो बर्न गराएर छिटो तौल घटाउन मद्दत गर्छ ।

बीएमसी पूरक र वैकल्पिक औषधि जर्नलमा प्रकाशित एक अध्ययनले करेलाको जुसले मानव बोसो कोषहरूको विस्थापन गरी नयाँ फ्याट सेलहरू बन्न र विकासमा बाधा पुर्‍याउँछ ।

करेला मोटोपनाको उपचारको लागि प्राकृतिक एजेन्टको रूपमा काम गर्छ । जर्नल कार्सिनोजेनेसिसमा प्रकाशित एक अध्ययन अनुसार, करेलाको जुसले प्यानक्रियाजमा हुने प्यानक्रियाएटिक क्यान्सर कोशिकाको मेटाबोलिज ग्लूकोजमा सीमित पार्छ र कोषको ऊर्जा स्रोत घटाएर मार्छ ।

अर्को अध्ययनले करेलाको जुसले स्तनको क्यान्सरको प्रभावकारी उपचार गर्नसक्ने पत्ता लगाएको थियो ।

करेलाको जुसको नियमित सेवनले लामो समयसम्मको कफ र श्वासप्रश्वासको समस्यालाई निको पार्न मद्दत गर्न सक्छ । करेलाको जुस दम र फोक्सोको संक्रमणको उपचारको लागि एक प्रभावकारी उपचार हुन सक्छ ।

करेलाले रगत शुद्धीकरण गरी समयपूर्व नै बूढो देखिने समस्याबाट बचाउन सक्छ । अर्थात् यसले छाला चाउरी पर्ने समस्यालाई हटाउन पनि मद्दत गर्छ ।

यसैले, करेलाको जुसले उत्कृष्ट छालाको फोहोर हटाएर सफा गर्ने काम गर्छ । करेलाको जुसको सेवनले पाचन प्रवर्द्धन गर्ने इन्जाइमहरूको उत्पादन बढाउने गर्छ ।

करेला जुसमा मह को मिश्रणले पाचन क्रियालाई द्रुत रूपमा बढाउन सक्छ । करेलामा भएका विभिन्न तत्वहरू मधुमेह रोगीहरूको लागि एक प्रभावकारी उपचार हुन्छ ।

मधुमेह नियन्त्रण गर्नका लागि करेलामा भएको पोलीपेप्टाइड-पी, भिसिन र चराटिनले प्रमुख भूमिका खेल्ने गर्छ ।

करेलाको जुसको नियमित रूपमा सेवन गर्दा कुनै पनि औषधिको आवश्यकताबिना नै इन्सुलिन प्रतिरोधलाई ठीक गर्न मद्दत गर्छ ।