Rumpum Advertisement

अमिताभद्वारा अंग दान गर्ने घोषणा

Neuro Revised Adv
Koshi Dashain ad
अमिताभद्वारा अंग दान गर्ने घोषणा

विराटनगर, १४ असोज । बलिउडका अभिनेता अमिताभ बच्चनले अंग दान गर्ने घोषणा गरेका छन् ।

अमिताभले बुधवार ट्वीटरमार्फत आफूले अंग दान गर्ने निर्णय गरेको जानकारी गराएका हुन् । उनले आफ्नो तस्बिर सार्वजनिक गर्दै आफूले अंग दान गर्ने संकल्प लिएको लेखेका छन् ।

उनले पोस्ट गरेको उक्त तस्बिरमा सानो हरियो रंगको रिबन देखिएको छ, जसलाई उदृत गर्दै उनले आफू एक अर्गान डोनर भएको र यस हरियो रिबनले यसको पवित्रताका लागि लगाएको लेखेका छन् ।

७७ वर्षीय अभिनेता बच्चनको यस कार्यको सामाजिक सञ्जालमा प्रशंसा भइरहेको छ । केही समयअघि कोरोना भाइरसबाट संक्रमित भएका उनी संक्रमणमुक्त भएर काममा समेत फर्किसकेका छन् ।

उनका साथै, छोरा अभिषेक, बुहारी एश्वर्या र नातिनि आराध्या पनि संक्रमत भएका थिए ।

अमिताभ यतिबेला ‘कौन बनेगा करोडपति’को १२औँ सिजनको सञ्चालन गरिरहेका छन् ।