Rumpum Advertisement

सम्झना विकको हत्यारालाई कारवाहीको माग गर्दै विराटनगरमा र्‍याली (फोटो फिचर)

Neuro Revised Adv
Koshi Dashain ad
सम्झना विकको हत्यारालाई कारवाहीको माग गर्दै विराटनगरमा र्‍याली (फोटो फिचर)

विराटनगर, १४ असाेज । डा. गोविन्द केसीको जीवन रक्षार्थ र सम्झना विकको हत्यारालाई कारवाहीको माग गर्दै विराटनगरमा युवाहरूले शान्तिपूर्ण र्‍याली गरेका छन् ।

विराटनगरस्थित संसारीमाई स्थानबाट दिउँसो ३ बजे सुरु भएको र्‍याली विराटनगरको विभिन्न स्थान परिक्रमा गर्दै महेन्द्र चौकमा गएर कोण सभामा परिणत भएको थियो ।

जागौं विराटनगर अभियानले आयोजना गरेको उक्त र्‍यालीमा सहभागी भएका युवाहरूले बझाङमा ७ दिनअघि बलात्कारपछि हत्या गरिएकी सम्झना विकको हत्यारालाई फासीको सजाय दिनुपर्ने र डा. गोविन्द केसीले उठान गरेका मागहरू पूरा गर्दै उनको जीवन रक्षा गर्नुपर्ने माग गरेका छन् ।