Rumpum Advertisement

रौतहटमा बाघको आक्रमणबाट एकजनाको मृत्यु, दुई जना घाइते

Neuro Revised Adv
Koshi Dashain ad
रौतहटमा बाघको आक्रमणबाट एकजनाको मृत्यु, दुई जना घाइते

वीरगञ्ज, १४ असोज । रौतहटमा बाघको आक्रमणबाट एकजनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । बाघको आक्रमणबाट रौतहटको चन्द्रपुर नगरपालिका–६ निवासी २७ वर्षीय संगम भण्डारीको मृत्यु भएको हो ।

मंगलबार साँझ घाँस लिन साथीहरूसँग जंगल गएका भण्डारी राति अबेरसम्म घर नफर्किएपछि उनको खोजी गरिएको थियो । बेपत्ता भण्डारीको खोजी गर्ने क्रममा बुधबार बाघले आक्रमण गरेको अवस्थामा शव फेला परेको थियो ।

घाँस लिन गएका भण्डारीको खोजीका लागि आज बिहानैदेखि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको र मृतकको शव बाघले लिएर गइरहेको अवस्थामा घटनास्थलबाट झण्डै एक किलोमिटर उत्तर लमाह खोला नजिकै फेला परेको थियो ।

सुरक्षाकर्मी र गाउँलेको टोली होहल्ला गर्दै हिँडेपछि बाघले भण्डारीको शव छाडेर भागेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरिक्षक हेम बहादुर शाहीले बताए ।

यसअघि गएराति भण्डारीलाई खोजी गर्न गएको स्थानीयको टोलीमाथि समेत बाघले आक्रमण गरेको थियो । बाघको आक्रमणबाट चन्द्रपुर ६ का ३० वर्षका अशोक थापा र ३४ वर्षका प्रबिण श्रेष्ठ घाइते भएका छन् ।