Rumpum Advertisement

इटहरीका संक्रमित वृद्धको विराटनगरमा मृत्यु

Neuro Revised Adv
Koshi Dashain ad
इटहरीका संक्रमित वृद्धको विराटनगरमा मृत्यु

विराटनगर, १४ असोज । सुनसरीको इटहरीबाट उपचारका लागि ल्याइएका कोरोना भाइरस संक्रमित एक वृद्ध पुरुषको विराटनगरस्थित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा बुधबार मृत्यु भएको छ ।

सुनसरीको इटहरी उपमहानगरपालिका–५ का ७३ वर्षीय वृद्धको कोभिड अस्पतालको आइसोलेसनमा भर्ना गरेर उपचार थालिएको डेढ घण्टा पुग्न नपाउँदै ज्यान गएको हो । उपचार केन्द्रका प्रमुख एवम् वरिष्ठ फिजिसिन डा. दीपक सिग्देलका अनुसार वृद्धको मृत्यु १२ः३५ बजे भएको हो । कोरोना पुष्टि भएसँगै श्वासप्रश्वासमा समस्या बढेपछि वृद्धलाई उपचारका लागि बिहान ११ बजेतिर कोभिड अस्पताल ल्याइएको जानकारी उनले दिए ।

चिन्ताजनक अवस्थामा ल्याइएका वृद्धलाई तत्काल आइसोलेसनमा भर्ना गरेर उपचार थालिए पनि जीवितै राख्न नसकिएको सिग्देलको भनाइ छ । श्वास फेर्न गाह्रो हुनेबाहेक वृद्धमा स्वास्थ्यसम्बन्धी अरु पुरानो समस्या नदेखिएको उनले बताए ।

बुधबार बिहानबाट मात्रै विराटनगरमा उपचाररतमध्ये तीनजना कोरोना भाइरसका संक्रमितको मृत्यु भइसकेको छ । कोशी कोभिडमै उपचाररत मोरङको जहदा गाउँपालिका–६ का ६० वर्षीय संक्रमित पुरुषको बिहान ४ बजेतिर मृत्यु भएको थियो । त्यस्तै विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार गराइरहेका सुनसरीको हरिनगर–२ का ५० वर्षीय संक्रमित पुरुषको पनि उपचारकै क्रममा बिहान ७ः३० बजेतिर मृत्यु भयो ।