Rumpum Advertisement

१० मध्ये नौ निको भइसकेका कोरोना संक्रमितमा पनि साइड इफेक्ट देखिने

Neuro Ad
१० मध्ये नौ निको भइसकेका कोरोना संक्रमितमा पनि साइड इफेक्ट देखिने

विराटनगर, १४ असोज । १० मध्ये नौजना कोरोना भाइरस बिरामीहरूमा निको भइसके पनि साइड इफेक्टहरू अनुभव हुने बताइएको छ ।

दक्षिण कोरियाले गरेको एक प्रारम्भिक अध्ययनमा उल्लेख गरेअनुसार निको भइसकेका १० मध्ये नौ जनाले थकान, मनोवैज्ञानिक प्रभाव र गन्ध र स्वादको क्षति जस्ता साइड इफेक्टहरू अनुभव गर्छन् । अध्ययनमा कोभिड १९ का ९ सय ६५ बिरामीहरूमा एक अनलाइन सर्वेक्षणमा गरिएको थियो ।

तीमध्ये ८ सय ७९ व्यक्ति वा ९१.१ प्रतिशतले रोगबाट कमसेकम कुनै एक साइड इफेक्टको सामना गरिरहेका प्रतिक्रिया दिएका थिए । कोरियाको रोग नियन्त्रण तथा रोकथाम एजेन्सी (केडीसीए) का अधिकारी क्वोन जुन वूकले २६. २ प्रतिशतका साथ थकान सबैभन्दा सामान्य नराम्रो प्रभाव भएको बताए ।

त्यस्तै, थकानपछि २४.६ प्रतिशत मानिसमा कुनै कुरामा ध्यान दिने वा एकाग्रतामा कठिनाइको समस्या देखिएको थियो । साथै, अन्य प्रभावमा मनोवैज्ञानिक वा मानसिक साइड इफेक्ट, स्वाद तथा गन्ध हराएको पनि महसुस भएको धेरैको गुनासो रहेको अध्ययनले देखाएको छ ।