Rumpum Advertisement

मुकेश अम्बानीले लकडाउनको अवधिमा पनि हरेक घण्टा ९० करोड कमाइरहे

Neuro Revised Adv
Koshi Dashain ad
मुकेश अम्बानीले लकडाउनको अवधिमा पनि हरेक घण्टा ९० करोड कमाइरहे

विराटनगर, १४ असोज । भारतका सबैभन्दा धनी मानिस, मुकेश अम्बानी पछिल्लो छ महिनादेखि हरेक घण्टा ९० करोड भारू कमाइरहेका छन् ।

आईआईएफएल वेल्थ म्यानेजमेन्ट लिमिटेडले सार्वजनिक गरेको आईआईएफएल वेल्थ हुरुन इन्डिया रिच लिस्ट २०२०मा अम्बानीले मार्चयता कोरोनाका कारण भएको लकडाउनपछि पनि हरेक घण्टा ९० करोड कमाइरहेको उल्लेख छ । यो सूचीमा रिलायन्स इन्डष्ट्रिजका अध्यक्ष मुकेश अम्बानी लगातार नौ वर्षसम्म शीर्ष स्थानमा रहँदै आएका छन् ।

मार्चदेखि अगस्टबीच हरेक घण्टा ९० करोड भारुको हिसाबले कमाइ गरिरहेका ६३ वर्षका अम्बानीको कूल आय ६,५८,००० सय करोड भारू रहेको छ । पछिल्लो १२ महिनामा उनको कूल सम्पत्तिमा ७३ प्रतिशतको वृद्धि भएको छ । हालको समयमा अम्बानी एसियाका सबैभन्दा धनी व्यक्ति र संसारभरिका चौथो धनाढ्य बनेका छन् ।

३२ हजार चार सय करोड भारूको साथ स्मिता भी कृष्णा सबैभन्दा धनी भारतीय महिला बन्न सफल भएकी हुन् । सन् २०२० को संस्करणमा ८ सय २८ व्यक्तिको सूचीमा सूचीकरण गरिएकामध्ये ६ सय २७ जनाको सम्पतिमा वृद्धि देखिएको छ, जबकि २ सय २९ जनाको यस अवधिमा आफ्नो सम्पत्ति घटेको देखेका छन् । पहिला सुचीमा रहेका ७५ जना मानिसले यस वर्ष सुचीमा आफ्नो स्थान गुमाएका छन् भने सुचीमा रहेका छजनाको मृत्यु भएको छ ।