Rumpum Advertisement

कोरोनाविरुद्धको अमेरिकी खोप वृद्धहरूमा पनि प्रभावकारी र सुरक्षित

Neuro Revised Adv
Koshi Dashain ad
कोरोनाविरुद्धको अमेरिकी खोप वृद्धहरूमा पनि प्रभावकारी र सुरक्षित

विराटनगर, १४ असोज । कोरोना भाइरसविरूद्ध अमेरिकी खोप वृद्धहरूमा पनि प्रभावकारी र सुरक्षित देखिएको छ ।

न्यू इङ्ल्याण्ड जर्नल अफ मेडिसिनमा प्रकाशित अध्ययनका अनुसार अमेरिकी बायोटेक कम्पनी मोडर्ना इंकको कोरोना भाइरस खोप उम्मेदवारको प्रारम्भिक सुरक्षा अध्ययनको नतिजामा खोप दिएपछि वृद्धहरूमा युवा वयस्कहरूमा देखाइए जस्तै स्तरमा भाइरसविरुद्ध लड्ने एन्टिबडीहरू उत्पादन गरेको देखाएको हो ।

वृद्ध उमेरका मानिसहरू कोरोनाको उच्च जोखिममा हुन्छन् । एट्लान्टास्थित इमोरी युनिभर्सिटीका प्रमुख शोधकर्ता डा. इभान एन्डरसनले उमेरसँगै मानिसहरूको रोगप्रतिरोधी क्षमता कम हुँदै जाने हुँदा खोजहरू आश्वासनकारी रहेको बताएका छन् । सुरूमा खोको परीक्षण १८ देखि ५५ वर्षका मानिसहरूमा गरिएको थियो ।

परीक्षणका क्रममा ५६ वर्षदेखि ७० र ७१ वर्षभन्दा माथि उमेरका ४० जनालाई क्रमशः २५ तथा १०० माइक्रोग्रामका दुई मात्रा खोप दिइएको थियो । २८ दिनको अन्तरमा वृद्ध उमेरका मानिसहरूमा प्रतिरोधी क्षमता झण्डै युवा उमेरका मानिसहरूमा भएजस्तै पाइएको थियो । अध्ययनका सहभागी भएका दुईजनामा भने साइड इफेक्ट देखिएको थियो ।

एकजनामा १०२.२ डिग्री फरेनहाइट ज्वरो र अर्का व्यक्तिमा थकान देखिएको थियो, जसका कारण अस्थायीरूपमा उनीहरू आफ्नो नियमित काम गर्न असमर्थ बनेका थिए । यो मोडर्नाको खोपको पहिलो चरणको परीक्षणको विस्तृत अध्ययन हो । कम्पनीले हाल उच्च मात्राको खोपको तेश्रो चरणको परीक्षण व्यापक मात्रामा गरिरहेको छ ।

खोपका कारण मानिसहरूमा हल्कादेखि मध्यम किसिमको टाउको दुखाइ, थकान, शरीर दुख्ने, चिसो हुने र खोप दिइएको स्थानमा दुख्नेलगायतका समस्या देखिने गरेको अध्ययनले देखाएको छ ।