Rumpum Advertisement

मोरङको जहदामा डुबेर पुरुषको मृत्यु

Neuro Revised Adv
Koshi Dashain ad
मोरङको जहदामा डुबेर पुरुषको मृत्यु

विराटनगर, १४ असोज । मोरङको जहदा गाउँपालिका–५ स्थित नहरमा डुबेर मंगलबार साँझ एक पुरुषको मृत्यु भएको छ ।

पानी बगिरहेको नहरमा डुबेर ५९ वर्षीय साधुर महतोको मृत्यु भएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए । स्थानीय बासिन्दाले नहरमा डुबेर मृत्यु भएको अवस्थामा पुरुषको शव देखेपछि प्रहरीलाई खवर गरेका थिए ।

घरबाट सम्पर्कविहीन बनेका पुरुष मृत फेला परेपछि शव पोस्टमार्टमका लागि लगेर घटनाको अनुसन्धान सुरु गरिएको एसपी खड्काले बताए ।