Rumpum Advertisement

इटहरीबाट लागुऔषधसहित युवक पक्राउ

Neuro Revised Adv
Koshi Dashain ad
इटहरीबाट लागुऔषधसहित युवक पक्राउ

विराटनगर, १४ असोज । सुनसरीको इटहरी उपमहानगरपालिकाबाट लागुऔषध कारोबारमा संलग्न एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय इटहरीका अनुसार सोमबार बेलुका प्रहरीले हङकङ मार्केट नजिकबाट लागुऔषध बिक्री गरिरहेको अवस्थामा २५ वर्षीय जीवराईल अन्सारीलाई पक्राउ गरेको हो । सुनसरीको हरिनगरा गाँउपालिका –६ का अन्सारीलाई सब्जी खरिद बिक्री गर्ने झोलामा नेट्रोसुन १० नामक लागुऔषधसहित पक्राउ गरिएको प्रहरी निरीक्षक मानप्रसाद श्रेष्ठले जानकारी दिए । प्रहरीले गोप्य सूचनाका आधारमा पक्राउ गरिएका अन्सारीबाट नेट्रोसुन ८० पत्ता ( एक हजार छ सय) ट्याब्लेट बरामद गरेको थियो ।

प्रहरी निरीक्षक श्रेष्ठका अनुसार पक्राउ गरिएका अन्सारीविरुद्ध लागुऔषध मुद्धा चलाउन सुनसरी जिल्ला अदालतबाट मंगलबार म्याद थप गरेर आवश्यक अनुसन्धान अघि बढाएको छ ।