Rumpum Advertisement

ला लिगा : रियल र एथ्लेटिको अलग-अलग खेलमा प्रतिस्पर्धामा गर्दै

Neuro Revised Adv
Koshi Dashain ad
ला लिगा : रियल र एथ्लेटिको अलग-अलग खेलमा प्रतिस्पर्धामा गर्दै

विराटनगर, १४ असोज । स्पेनिस ला लिगामा आज चार खेल हुँदैछन् । चौथो साताका खेलअन्तर्गत आज आठ वटा टोली प्रतिस्पर्धामा छन् ।

आज साविकको विजेता रियल मड्रिड र एथ्लेटिको मड्रिडले भिन्दाभिन्दै खेलमा प्रतिस्पर्धा गर्दैछन् । रियलले नेपाली समयानुसार राति १ः१५ बजेबाट सुरु हुने खेलमा भाल्लाडोलिडसँग खेल्दैछ ।

रियलको मैदानमा हुने यस खेलमा घरेलु टोली दोस्रो जितको खोजीमा छ । यसअघि रियलले पहिलो खेलमा रियल सोसिडाडसँग गोलरहित बराबरी खेलेको थियो भने दोस्रो खेलमा रियल बेटिसलाई ३–२ गोलले हराएको थियो ।

आजको अर्को खेलमा एथ्लेटिकोले हुएस्कासँग खेल्दैछ । हुएस्काको मैदानमा हुने यो खेल राति १०ः४५ बजेबाट सुरु हुनेछ । सोही समय भिल्लारियल र अल्भेसले खेल्दैछन् ।

राति १ः१५ बजे इएबार र इल्चेले प्रतिस्पर्धा गर्दैछन् ।