Rumpum Advertisement

जोकोभिच फ्रेन्च ओपनको दोस्रो चरणमा

Neuro Revised Adv
Koshi Dashain ad
जोकोभिच फ्रेन्च ओपनको दोस्रो चरणमा

विराटनगर, १४ असोज । नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको दोस्रो चरणमा प्रवेश गरेका छन् ।

मंगलबार राति पेरिसस्थित फिलिप्पे–च्याट्रियरमा भएको खेलमा सर्बियन खेलाडी जोकोभिचले स्वीडेनका मिकेल एमेरलाई तीनै सेटमा हराए ।

जोकोभिचले एमेरमाथि ६–०, ६–२ र ६–३ को सेटमा जित निकालेका हुन् ।

अब उनले दोस्रो चरणमा रिकार्ड्स बेरान्किससँग खेल्नेछन् ।