Rumpum Advertisement

लिभरपुलका थियागो कोरोना संक्रमित

Neuro Revised Adv
Koshi Dashain ad
लिभरपुलका थियागो कोरोना संक्रमित

विराटनगर, १४ असोज । लिभरपुलका नयाँ खेलाडी थियागो अलाकान्टरा कोरोना संक्रमित बनेका छन् । लिभरपुलले आफ्ना मिडफिल्डर थियागोलाई कोरोना संक्रमण भएको पुष्टि गरेको हो ।

मंगलबार राति सामाजिक सञ्जाल ट्वीटरमार्फत लिभरपुलले थियागो कोरोना देखिएपछि सेल्फ आइसोलेशनमा बसेको जनाएको छ ।

कोरोना पोजिटिभ देखिए पनि उनलाई कोरोनाको कुनै लक्षण नभएको क्लबले जनाएको छ ।

२९ वर्षीय थियागो हालै मात्र जर्मन क्लब बायर्न म्युनिखबाट लिभरपुल आएका हुन् । उनले लिभरपुलसँग ४ वर्षको सम्झौता गरेका छन् ।