Rumpum Advertisement

पेनाल्टीमा चम्क्यो टोटनह्यामको भाग्य, चेल्सी स्तब्ध

Neuro Revised Adv
Koshi Dashain ad
पेनाल्टीमा चम्क्यो टोटनह्यामको भाग्य, चेल्सी स्तब्ध

विराटनगर, १४ असोज । काराबाओ कपअन्तर्गत टोटनह्याम हटस्परले चेल्सीमाथि जित निकालेको छ । मंगलबार राति भएको चौथो चरणको खेलमा टोटनह्यामले चेल्सीलाई पेनाल्टी सुटआउटमा ५–४ गोलले हराएको हो ।

टोटनह्यामको मैदानमा निर्धारित समय १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । जसमा चेल्सीका माउन्ट मासन गोल गर्न चुकेका थिए ।

त्यसअघि खेलमा पाहुना टोली चेल्सीले सुरुआती अग्रता बनाएको थियो । खेलको १९औं मिनेटमा टिमो वेर्नरले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए ।

खेलको ८३औं मिनेटमा टोटनह्यामका इरिक लमेलाले गोल गरेपछि घरेलु टोली बराबरीमा फर्किएको थियो ।

जितसँगै टोटनह्याम अघिल्लो चरणमा प्रवेश गरेको छ ।