Rumpum Advertisement

झापामा बोलेरोको ठक्करबाट पैदलयात्रीको मृत्यु

Neuro Ad
झापामा बोलेरोको ठक्करबाट पैदलयात्रीको मृत्यु

झापा, १३ असाेज । झापामा बोलेरोको ठक्करबाट पैदलयात्री महिलाको मृत्यु भएकाे छ ।

शिवसताक्षी नगरपालिका–८ स्थित पूर्वपश्चिम राजमार्गमा मंगलबार साँझ बोलेरो जीपले ठक्कर दिँदा सोही स्थानकी ४० वर्षीया कमला चापागाईँको मृत्यु भएको हो ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ११ च ५९९० नंको जीपले ठक्कर दिएपछि उनी गम्भीर घाइते भएकी थिइन् ।

घाइते उनलाई बिर्तामोडको बिएन्डसी हस्पिटलमा लगिएकामा उपचारका क्रममा साँझ ७ः३५ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताए ।