Rumpum Advertisement

हैदराबादद्वारा दिल्लीलाई १६३ रनको लक्ष्य

Neuro Ad
हैदराबादद्वारा दिल्लीलाई १६३ रनको लक्ष्य

विराटनगर, १३ असोज । तेह्राैं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत एघारौं खेलमा सनराइजर्स हैदराबादले दिल्ली क्यापटिल्सलाई १६३ रनको लक्ष्य दिएको छ ।

शेख जायद रंगशालामा टस हारेर ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभर खेल्दा ४ विकेटको क्षतिमा १६२ रन बनाएको हो ।

हैदराबादका लागि जोनी बेयरस्टाले अर्धशतकीय पारी खेले । ४८ बल खेलेका उनले २ चौका र एक छक्काको सहयतामा ५३ रन जोडे ।

यस्तै कप्तान डेभिड वार्नरले ४५ रन जोड्दा केन विलियम्सनले ४१ रन बनाए । अब्दुल समदले अजिवित १२ रन जोडे भने मनिष पाण्डेले ३ रन बनाए ।

बलिङतर्फ कागिसो राबडा र अमित मिश्रले दुई–दुई विकेट लिए ।

जारी प्रतियोगिता शतप्रतिशत जित निकाल्दै अंक तालिकाको शीर्ष स्थानमा रहेको दिल्लीले दुवै खेल हार्दै अंकविहीन बनेको तालिकाको पुछारको टोली हैदराबादको सामना गरिरहेको छ ।

हैदराबाद पहिलो जितको खोजीमा छ भने दिल्ली ह्याट्रिक जितको खोजीमा छ ।