Rumpum Advertisement

साने दुई साता मैदानबाहिर रहने

Neuro Ad
साने दुई साता मैदानबाहिर रहने

विराटनगर, १३ असोज । बायर्न म्युनिखका विंगर लेरियो साने २ साता मैदानबाहिर रहने भएका छन् । घुँडाको चोटका कारण जर्मन स्टार साने दुई साता मैदानबाहिर रहने बायर्नका प्रशिक्षक हान्सी फ्लिकले पुष्टि गरेका छन् ।

२४ वर्षीय सानेले होफेनहमविरुद्धको खेलका क्रममा चोट बोकेका थिए । बुन्डेसलिगाअन्तर्गतको उक्त खेलमा डिफेन्डिङ च्याम्पियन बायर्न ४–१ गोलले पराजित भएको थियो ।

यससँगै सानेले डीएफएल सुपर कपको फाइनलसमेत गुमाउने भएका छन् । बिहीबार सुपर कपको फाइनलमा बायर्नले बोरुसिया डर्टमुण्डसँग खेल्दैछ ।