Rumpum Advertisement

अनियमित महिनावारी हुने महिलाहरूमा मुटु रोग लाग्ने जोखिम धेरै

Neuro Ad
अनियमित महिनावारी हुने महिलाहरूमा मुटु रोग लाग्ने जोखिम धेरै

विराटनगर, १३ असोज । अनियमित महिनावारी हुने महिलाहरूमा मुटु रोग लाग्ने जोखिम धेरै हुन्छ ।

फोरटिस गुरुग्रामका प्रसूति तथा स्त्री रोग विभागका निर्देशक डा. नुपुर गुप्ताका अनुसार अनियमित महिनावारी भएका महिलाहरूलाई नियमित महिनावारी हुने अन्य महिलाहरूको तुलनामा मुटु रोग लाग्ने जोखिम बढी हुन्छ ।

महिनावारीको समयमा महिलाहरूको रक्तप्रवाहमा कम एस्ट्रोजेन प्रसारित भइरहेको हुन्छ । अनियमित महिनावारी भएका महिलाहरूलाई छाती दुख्ने वा एनजाइना हुने गर्छ ।

मुटुमा रगत प्रवाह कम भएको कारणले अस्थायी छाती दुख्ने रोगलाई एनजाइना भनिन्छ । धेरै महिलाहरूले मुटु भारी हुने, पोल्ने वा केही कुराले थिचेको जस्तो महशूस गर्छन् । यो दुखाइ विस्तारै घाँटी तथा हातमा पनि फैलिन सक्छ ।

एनजाइना अट्याक सामान्यतया केही मिनेट वा ३० मिनेटसम्म रहन सक्छ । एनजाइना अट्याक हर्ट अट्याक नभएपनि यो हर्ट अट्याकमा परिणत हुन सक्छ ।  

३९ वर्षको औसत उमेरको हृदय रोग, छाती दुख्ने समस्या भएका नौ जना महिलाहरूमा गरिएको अध्ययनमा उनीहरूमा कम रगत प्रवाह भएको पाइयो । दैनिक एकै समयमा चार हप्ताको लागि गरिएको परीक्षणमा महिलाको एस्ट्रोजेन र प्रोजेस्टेरोनको स्तर महिनावारीको समयमा वा एक हप्ता अगाडि सबभन्दा कम हुने अध्ययनकर्ताहरूको भनाइ छ ।

साथै, पोलीसिस्टिक ओभ्यारी सिन्ड्रोम (पीसीओएस) भन्ने अवस्थामा रहेका महिलाहरूमा समान उमेर समूहका अन्य महिलाहरूको तुलनामा हृदय रोगहरूको उच्च जोखिम बढी हुन्छ ।

पीसीओएसले अनियमित महिनावरी निम्त्याउँछ र पीसीओएस भएका महिलामा हार्मोनल असन्तुलनका कारण मुटु रोगहरूको लागि बढी जोखिममा हुने बताइन्छ ।

महिनावारीको समयमा महिलामा देखिने लक्षणहरू बेवास्ता गरिने सम्भावना बढी हुन्छ । तर, यी लक्षणहरू हृदय रोगको लक्षण हुन सक्छन्, यसैले तुरुन्त डाक्टरको सल्लाह लिनुपर्ने हुन्छ ।