Rumpum Advertisement

भरतपुर महानगरद्वारा रंगशालालाई ५० लाख प्रदान

Neuro Ad
भरतपुर महानगरद्वारा रंगशालालाई ५० लाख प्रदान

चितवन, १३ असाेज । निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि भरतपुर महानगरपालिकाले मंगलबार रु ५० लाख हस्तान्तरण गरेको छ ।

महानगरपालिका प्रमुख रेनु दाहालको उपस्थितिमा प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले धुर्मुस-सुन्तली फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल धुर्मुसलाई सो चेक हस्तान्तरण गरेका हुन् ।

महानगरपालिका प्रमुख दाहालले फाउण्डेसनले सन्तोषजनक ढङ्गले निर्माणको काम अगाडि बढाइरहेकोमा खुशी व्यक्त गर्दै अन्य रकम पनि आवश्यकता र कार्य प्रगतिका आधारमा निकासा गरिँदै जाने बताइन् ।

रंगशाला निर्माण कार्यलाई तदारुकताका साथ अगाडि बढाउन आग्रह गर्दै संघ, प्रदेश र अन्य निकायले गर्ने आर्थिक सहयोगका लागि आफूले समन्वय र सहजीकरण गरिरहेको उनले जानकारी दिइन् ।

भरतपुर महानगरपालिका-१५ रामपुरमा रंगशाला निर्माणको काम भइरहेको छ ।