Rumpum Advertisement

विराटनगरका पाँच सेनिटाइजर उद्योगको अनुगमनः एउटाको उत्पादन बिक्रीमा प्रतिबन्ध

Neuro Revised Adv
Koshi Dashain ad
विराटनगरका पाँच सेनिटाइजर उद्योगको अनुगमनः एउटाको उत्पादन बिक्रीमा प्रतिबन्ध

विराटनगर, १३ असोज । स्थानीय प्रशासनले विराटनगरको एक सेनिटाइजर उद्योगको उत्पादन बिक्रीमा प्रतिबन्ध लगाएको छ ।

मंगलबार विराटनगरका पाँचवटा उद्योगको अनुगमन गरेको स्थानीय प्रशासनले ग्यालेक्सी डेन्टल एण्ड सर्जिकल सप्लायर्सको उत्पादन बिक्रीमा प्रतिबन्ध लगाएको हो ।

सेनीटाइजर उत्पादन गर्दै आएका रिजालको, हिमगिरी, कस्यव ऋषि आयुर्वेद, ग्यालेक्सी डेन्टल एण्ड सर्जिकल सप्लायर्स र एक महिनाअघि विभागले बन्द गराएको पपुलर उद्योगको अनुगमन गरेकाे थियाे ।

जिल्ला प्रशासन कार्यालय मोरङ, प्रहरी, औषधि व्यवस्था विभाग र उपभोक्ता अधिकारवादी संस्था पब्लिक फोरमको संयुक्त टोलीले उद्योगहरुको अनुगमन गरेको हो ।

अनुगमनका क्रममा रिजालको, हिमगिरी तथा कस्यव ऋषि आयुर्वेदले मापदण्ड पुरा गरेको पाइएको विभागका विराटनगर प्रमुख सञ्जीव कट्टेलले बताए ।

अनुगमन टोलीले विराटनगर–१५ मा रहेको ग्यालेक्सी डेन्टल एण्ड सर्जिकल सप्लायर्सको उत्पादन बिक्रीमा प्रतिबन्ध लगाएको छ । गुणस्तरहीन र मानव स्वास्थ्यका लागि हानिकारक सेनीटाइजर उत्पादन भएको आशंकामा बजारमा लैजान र उपभोक्तालाई बिक्री वितरण गर्न रोक लगाएको हो ।

परीक्षणका लागि राष्ट्रिय औषधि प्रयोगशालामा पठाउन उत्पादित सेनीटाइजरको नमुना संकलन गरिएको कट्टेलले बताए । परीक्षण रिपोर्ट आइसकेपछि थप कारवाही प्रकृया अघि बढ्ने उनले बताए ।

कट्टेलका अनुसार सेनीटाइजर उत्पादन गर्ने उक्त उद्योग विभागमा सूचीकृत छैन र उत्पादनको जानकारी पनि दिइएको छैन ।

बिना जानकारी आफूखुसी र जथाभावी रुपमा घरको कोठामा उद्योग खोलेर उत्पादन गरिरहेको पाइएपछि सेनीटाइजर बिक्रीमा रोक लगाइएको र परीक्षण रिपोर्ट आइसकेपछि थप निर्णय लिइने उनको भनाइ छ ।

विभागले स्वास्थ्यमा जोखिम निम्तने सेनीटाइजर उत्पादन गरिरहेको सुनसरीको भोक्राहानर्सिङ गाउँपालिकामा रहेको सीता हर्बल प्राइभेट लिमिटेडलाई पनि दुई साताअघि बन्द गराएको थियो । घरको कोठाभित्र सञ्चालन गरिएको उक्त उद्योगले स्वास्थ्यमा असर गर्ने मिथाइलेटेड स्प्रिट प्रयोग गरेर सेनीटाइजर उत्पादन गरिरहेको पाइएको कट्टेलले बताए ।

उनका अनुसार इथाइल र आइसोप्रोपायल अल्कोहल तोकिएको मात्रा प्रयोग गरेर सेनीटाइजर बनाइन्छ । यसअघि विभागले इटहरीको शौर्य केमिकललाई पनि कारबाही गरेको थियो । त्यस्तै झापाको दमकमा औषधि पसलबाट उत्पादन भइरहेको पाइएपछि बन्द गरिएको थियो ।

स्यानीटाइजर उत्पादनका नाममा बिकृति बढ्न थालेपछि र मानिसलाई असर पु¥याउने उत्पादन जथाभावी हुन थालेपछि अनुगमन गर्दै कारबाहीको दायरामा ल्याउन थालिएको विभागले जनाएको छ ।