birat ribon

ब्रोइलर कुखुराका चल्लालाई मेहेन्दी लगाएर लोकल भन्दै बेचेपछि…

Neuro
ब्रोइलर कुखुराका चल्लालाई मेहेन्दी लगाएर लोकल भन्दै बेचेपछि…

काठमाडाैं, १३ असाेज । अबैध रूपमा भारतबाट ब्रोइलरका चल्ला भित्र्याएर बिक्री वितरण गर्ने व्यक्ति यसअघि पटकपटक पक्राउ परेका हुन् ।

यस्ता गतिविधिमा नेपाली व्यवसायी नै संलग्न रहने गरेको आरोप लाग्दै पनि आएको छ । प्रहरीले केही व्यक्तिलाई पक्राउ गरी हजारौँ चल्ला नष्ट पनि गरेको थियो । त्यसको निगरानीमा नेपाली कुखुरा व्यवसायी आफैँ खटिँदै आएका पनि छन् ।

cura insider

ब्रोइलर चल्लालाई विभिन्न रङ (मेहेन्दी) लगाएर लोकल, कोइलर, गिरिराजका चल्ला भन्दै बिक्री वितरण गरेको नौलो घटना फेला परेको छ ।

त्यस्तै नौलो घटना आज काठमाडौँमा भएको छ । चार जना भारतीय व्यक्तिले ब्रोइलरका चल्ला ल्याएर रङ लगाउँदै गर्दा फेला परेपछि उक्त रहस्य खुलेको हो ।

मंगलबार महानगरीय प्रहरी वृत्त कालिमाटीको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका १४ कलंकीबाट चल्लालाई रङ लगाउँदै गर्दा उनीहरूलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले जानकारी दिए ।

पक्राउ पर्नेमा भारतीय नागरिक प्रेमसिलादेवी जययसवाल, वकील खान, सुनिता जयसवाल, चन्दादेवी शाह रहेका छन् ।

उनीहरूले चितवनलगायत विभिन्न जिल्लाबाट ब्रोइलरको चल्ला ल्याइ रङ लगाएर लोकलको मूल्यमा बिक्री गर्ने गरेको खुलेको छ । कम मूल्यका चल्लालाई रङ लगाएपछि प्रतिगोटा रु १५० सम्ममा बिक्री गर्ने गरेको खुलेको छ ।

विशेष सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरी ठगी मुद्दामा कानुनी अनुसन्धान सुरु गरिएको जनाइएको छ ।

प्रहरीले उनीहरूको साथबाट यसरी रङ लगाएका झण्डै चार हजार र रङ लगाउने तयारीमा राखिएका २४ हजार चल्लासमेत बरामद गरेको छ ।

प्रहरीले प्रयोग गरिएका मेहन्दीका खोल र प्रयोग गर्न राखिएको मेहेन्दीका पोका समेत बरामद गरेको छ । रासस

–––

jackson ribon