Rumpum Advertisement

विराटनगरको ‘होटल नमस्कार’ बन्द

Neuro Revised Adv
Koshi Dashain ad
विराटनगरको ‘होटल नमस्कार’ बन्द

विराटनगर, १३ असोज । विराटनगरको पहिलो होटल ‘होटल नमस्कार’ बन्द भएको छ । कोरोना महामारीका कारण थलिएको होटल मंगलबारबाट बन्द भएको हो । ४० वर्षअघि स्थापना भएको होटल विराटनगरको पहिलो स्तरीय होटल हो ।

विस २०३७ सालमा युवराज श्रेष्ठले होटलको स्थापना गरेका थिए । सात वर्षअघि श्रेष्ठको निधन भएपछि होटलको व्यवस्थापन छोरा युनेशराज श्रेष्ठले हेर्दै आएका थिए । तर कोरोना महामारीका कारण सञ्चालन खर्च धान्न मुस्किल भएपछि होटल बन्द भएको हो ।

‘अपरेशन कष्ट धान्नै गाह्रो भयो,’ श्रेष्ठले भने, ‘बिल्डिङ पनि पुरानो भएकाले सञ्चालन गर्नसक्ने अवस्था रहेन ।’

अवस्था सामान्य भएको भए होटल नमस्कार निरन्तर सञ्चालन हुने थियो । तर महामारीका कारण व्यापार बन्द भएपछि तत्काललाई होटल बन्द गरिएको उनले बताए ।

‘होटल नमस्कार मात्रै बन्द भएको हो । अन्य बिजनेश सञ्चालनमा छन्,’ उनले भने, ‘अवस्था सुधार भयो भने फेरि सञ्चालन गर्छाैं ।’

विराटनगरमा पहिलो होटल सञ्चालन गरेका युवराज श्रेष्ठले विराटनगरमा पिज्जा, मःम, कफीको सुरुवात गरेका थिए । उनी पूर्व क्षेत्रमा होटल व्यावसाय क्षेत्रलाई संगठिन गर्ने व्यक्ति पनि हुन् ।

कोरोना महामारीका कारण यसअघि विराटनगरको होटल जेनियल पनि बन्द भएको थियो ।

संक्रमण नियन्त्रणका लागि सरकारले ६ महिना लामो लकडाउन अन्त्य गरेसँगै होटल बजार खुला भएका छन् । तर ग्राहक नआउँदा होटलले सञ्चालन खर्च पनि उठाउन सकेका छैनन् ।