Rumpum Advertisement

मेस्सीलाई पनि भित्र्याउने एथ्लेटिकोको चाहना

Neuro Revised Adv
Koshi Dashain ad
मेस्सीलाई पनि भित्र्याउने एथ्लेटिकोको चाहना

विराटनगर, १३ असोज । एथ्लेटिको मड्रिडका अध्यक्ष इनरिक केरेजोले अर्जेन्टिनी स्ट्राइकर लियोनल मेस्सी पनि अनुबन्ध गर्ने मनसाय व्यक्त गरेका छन् ।

यसै समर ट्रान्सफरमा बार्सिलोनाबाट लुइस स्वारेज अनुबन्ध गरेसँगै अध्यक्ष केरेजोले मेस्सी अनुबन्धका लागि आफूहरू तयार रहेको समेत उल्लेख गरेका छन् ।

एथ्लेटिकोले प्रतिद्वन्द्वी क्लब बार्सिलोनाबाट उरुग्वेका स्ट्राइकर स्वारेज अनुबन्ध गरेको हो । ३३ वर्षीय स्ट्राइकरलाई एथ्लेटिकोले फ्री–ट्रान्सफरमा ल्याएको हो ।

६ वर्षे क्याप नोउ बसाइ अन्त्य गर्न बाध्य भएका स्वारेजले एथ्लेटिकोसँग दुई सिजनको सम्झौता गरेका छन् ।

स्वारेजको बहिर्गमनको विषयमा बार्सिलोनासँग रुष्ट बनेका मेस्सीलाई पनि एथ्लेटिकोले स्वागत गर्ने अध्यक्ष केरेजोको भनाइ छ ।

वान्डा मेट्रोपोलिटियानोमा मेस्सी र स्वारेजको पुनर्मिलन गराउने बनाउँदै उनले भने, ‘यदि, लियो मेस्सी स्वारेजसँग खेल्न चाहन्छन् भने उनलाई स्वागत छ । इच्छा भएमा जे पनि सम्भव छ’, उनले क्याडेना कोपे नामक मिडियासँग भने ।

‘स्वारेज अनुबन्ध प्रक्रिया ठीकसँग भयो । बार्टोमेउ मेरा राम्रा साथी हुन् र उनी एक महान अध्यक्ष पनि हुन् । तथापि, एउटा खेलाडीले जहाँ इच्छा लाग्छ त्यहीँबाट खेल्न पाउँछन्’, उनले भने ।