Rumpum Advertisement

कोरोनाबाट ४९१ संक्रमितको मृत्यु

Neuro Revised Adv
Koshi Dashain ad
कोरोनाबाट ४९१ संक्रमितको मृत्यु

विराटनगर, १३ असोज । नेपालमा मंगलबार कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित ब्रिफिङका क्रममा आज थप दस जनाको कोरोनाबाट ज्यान गएको जानकारी दिएको छ ।

यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ४९१ पुगेको छ ।

मंगलबार थप १५ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितकाे संख्या ७६ हजार २५८ पुगेकाे छ, जमध्ये सक्रिय संक्रमितको संख्या २० हजार ३९६ रहेको छ ।

पछिल्लो २४ घण्टामा थप ७३१ जना कोरोनाबाट निको भएका छन् । यससँगै कोरोनामुक्त हुनेको संख्या ५५ हजार ३७१ पुगेको छ ।