Rumpum Advertisement

मंगलबार थप १५ सय १३ जनामा कोरोना संक्रमण पुष्टि

Neuro Revised Adv
Koshi Dashain ad
मंगलबार थप १५ सय १३ जनामा कोरोना संक्रमण पुष्टि

विराटनगर, १३ असोज । नेपालमा मंगलबार थप १५ सय १३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज थप १५ सय १३ जनामा कोरोना पुष्टि भएको जानकारी दिएको छ ।

मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार विभिन्न प्रयोगशालामा गरिएको १० हजार ८९१ जनाको परीक्षणमा थप १५ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितकाे संख्या ७६ हजार २५८ पुगेकाे छ, जसमध्ये सक्रिय संक्रमितको संख्या २० हजार ३९६ रहेको छ ।

पछिल्लो २४ घण्टामा थप ७३१ जना कोरोनाबाट निको भएका छन् । यससँगै कोरोनामुक्त हुनेको संख्या ५५ हजार ३७१ पुगेको छ ।

मंगलबार थप १० जनाकाे मृत्यु भएसँगै कोरोनाबाट ज्यान गुमाउनेकाे संख्या ४९१ पुगेकाे छ ।