Rumpum Advertisement

थप ७३१ संक्रमित निको भए

Neuro Revised Adv
Koshi Dashain ad
थप ७३१ संक्रमित निको भए

विराटनगर, १३ असोज । नेपालमा मंगलबार थप ७३१ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमणमुक्त भएका छन् ।

नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी पछिल्लो २४ घण्टामा थप ७३१ जना कोरोनाबाट निको भएको जानकारी दिएको छ । यससँगै कोरोनामुक्त हुनेको संख्या ५५ हजार ३७१ पुगेको छ ।

मंगलबार थप १५ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितकाे संख्या ७६ हजार २५८ पुगेकाे छ, जमध्ये सक्रिय संक्रमितको संख्या २० हजार ३९६ रहेको छ ।

मंगलबार थप १० जनाकाे मृत्यु भएसँगै कोरोनाबाट ज्यान गुमाउनेकाे संख्या ४९१ पुगेकाे छ ।