Rumpum Advertisement

बालुवा झिक्न गएका देवेन्द्रको पुरिएर मृत्यु

Neuro Revised Adv
Koshi Dashain ad
बालुवा झिक्न गएका देवेन्द्रको पुरिएर मृत्यु

वालिङ, १३ असोज । बालुवा झिक्ने क्रममा पुरिएर वालिङमा आज एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा वालिङ–११ पेखुका ३७ वर्षीय दुर्गाबहादुर थापा रहेको प्रहरीले जनाएको छ । बालुवा निकाल्ने क्रममा आज बिहान पुरिएर गम्भीर घाइते भएका थापाको उपचारका क्रममा मृत्यु भएको गह्रौँ प्राथमिक अस्पतालका सूचना अधिकारी देवेन्द्रप्रसाद भट्टराईले बताए ।

उनीसँगै बालुवा निकाल्ने क्रममा स्थानीयवासी ३५ वर्षीया मुना थापा र ३१ वर्षीया नारायणी सिञ्जाली घाइते भएका छन् ।