Rumpum Advertisement

‘रेड वाइन’मा पल र साम्राज्ञीको जोडी पक्का

Neuro Ad
‘रेड वाइन’मा पल र साम्राज्ञीको जोडी पक्का

विराटनगर, १३ असोज । निर्माता रमेश एमके पौडेलले नयाँ फिल्म ‘रेड वाइन’ निर्देशन गर्ने भएका छन् ।

रूद्रप्रिया तथा रज्जारानी जस्ता फिल्म निर्माण गरेका पौडेलको डेब्यु निर्देशनमा बन्ने फिल्ममा अभिनेता पल शाह र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भूमिका रहने फाइनल भएको छ । पल र साम्राज्ञीले पहिलो पटकसँगै फिल्ममा काम गर्न लागेका हुन् । यी दुईले एकसाथ काम गर्न पाउँदा खुसी व्यक्त गरेका छन् ।

फिल्ममा यी दुईका साथै हाँस्य कलाकार सन्दीप क्षेत्री र अमेरिकामा नै बसोबास गर्दै आएकी इमिली लामाको पनि अभिनय रहने पक्का भएको छ । आर्यन फिल्मस् प्रोडक्सन र वोधी एचडी अमेरिकाको ब्यानरमा निर्माण हुने फिल्ममा अमेरिकामा नै रहँदै आएका व्यवसायी पासाङ लामा र आर्यन पौडेलको लगानी रहनेछ ।

निर्देशक पौडेलकै कथा र गीतसमेत रहने फिल्ममाको सह–निर्माताका रुपमा निरु भण्डारी रहेकी छिन् । फिल्ममको पटकथा तथा संवाद सविर श्रेष्ठले लेखेका छन् । फिल्मको छायांकन कोरोनाको अवस्था हेरेर दशैं र तिहारको बीचमा गरिने छ । फिल्मको छायांकन अमेरिकामा नै हुने बताइएको छ ।