birat ribon

कोशी अस्पतालमा कोरोना संक्रमितको मृत्यु

Neuro
कोशी अस्पतालमा कोरोना संक्रमितको मृत्यु

विराटनगर, १३ असोज । विराटनगरको कोशी अस्पतालको आइसोलेसनमा एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

Padelux insider
cura insider

सुनसरीको दुहवी नगरपालिका–५ का ६० वर्षीय पुरुषको उपचारका लागि अस्पतालमा भर्ना गरिएको केही बेरमै मृत्यु भएको अस्पतालका आइसोलेसन संयोजक एवं बरिष्ठ फिजिसियन डा. लक्ष्मीनारायण यादवले जानकारी दिए । उनका अनुसार ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या देखिएकोभन्दै पुरुषलाई सोमबार दिउँसो २ः४५ बजे अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।

तत्काल आइसोलेसनमा राखेर उपचार थालिएका उनको दिउँसो ३ः०५ बजे मृत्यु भएको यादवले बताए । मृत्युपछि स्वाब संकलन गरेर पीसीआर परीक्षण गराउँदा राति ८ बजेतिर रिपोर्ट पोजेटिभ आएको उनको भनाइ छ । मृतकमा कुनै दीर्घ रोग रहेको जानकारी नभएको डा. यादवले बताए ।

jackson ribon