Rumpum Advertisement

हजुरबुवादेखि छिमेकीसम्म बलात्कारमा संलग्न

Neuro Revised Adv
Koshi Dashain ad
हजुरबुवादेखि छिमेकीसम्म बलात्कारमा संलग्न

विराटनगर, १३ असोज । बलात्कारका घटनामा घरभित्रकै हाडनाता पर्ने व्यक्ति, आफन्तदेखि छिमेकी र चिनेजानेका व्यक्ति बढी संलग्न हुने गरेको पाइएको छ ।

नेपाल प्रहरीले पीडित र पीडकका नाताका आधारमा तयार गरेको तथ्यांकले हजुरबुवादेखि बुवा÷झट्केलो बुवा, ससुरा, काका, मामा, ठूलोबुवा, चिनजानका व्यक्ति र छिमेकीसहित पारपाचुके भइसकेका श्रीमान् र अपरिचित व्यक्तिबाट समेत महिलाहरू असुरक्षित रहेको देखाएको हो ।

आर्थिक वर्ष २०७६। ७७ को तथ्यांकअनुसार सो आर्थिक वर्षमा देशभर २ हजार ४ सय ४९ वटा घटना भएकामा चिनेजानेका व्यक्तिबाटै ९ सय १५ अर्थात् सबैभन्दा बढी बलात्कारका घटना भएको छ । गत आर्थिक वर्षमै घरमालिकबाट तीन, केटासाथीबाट ९३, भिनाजुबाट पाँच, शिक्षकबाट ४५, पारपाचुके भएका श्रीमान्बाट २८, नचिनेका व्यक्तिहरूबाट चार सय ९७ र नखुलेका व्यक्तिबाट पाँचवटा घटना भएका छन्

यसैगरी, छिमेकीबाट सो आर्थिक वर्षमा छ सय ७२ र नचिनेका व्यक्तिबाट चार सय ९७ वटा बलात्कारका घटना भएका छन् । यसैगरी, हजुरबुवाबाट छ, बुवा, झट्केलो बुवाबाट ४७, ससुराबाट आठ, आमाछोराबीच तीन, काका,मामा, ठूलो बुवाबाट ४१, दाजुभाइ, काका, ठूलोबुवा र मामाका छोराबाट ३२, देवर, जेठाजुबाट १३ तथा श्रीमानबाटै २६ वटा बलात्कारका घटना भएको तथ्यांकले देखाउँछ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी कुवेर कडायतले आफन्तबाट बढी सुरक्षित भइने विश्वास, घरभित्रका कुरा बाहिर नजाने भन्ने मानसिकता, आर्थिक प्रलोभनलगायतका कारणबाट घटना भएको पाइएको बताए । आजको राजधानी दैनिकमा समाचार छ