Rumpum Advertisement

आर्सनलमाथि लिभरपुलको सहज जित

Neuro Revised Adv
Koshi Dashain ad
आर्सनलमाथि लिभरपुलको सहज जित

विराटनगर, १३ असोज । इंग्लिस प्रिमियर लिगमा साविकको विजेता लिभरपुलले आर्सनलमाथि सहज जित निकालेको छ । सोमबार राति भएको खेलमा लिभरपुलले आर्सनलमाथि ३–१ गोलको सहज जित दर्ता गरेको हो ।

लिभरपुलको मैदान एन्फिल्डमा भएको खेलमा घरेलु टोलीले आर्सनलको सुरुआती अग्रता उल्टाउँदै जित निकालेको हो । खेलको २५औं मिनेटमा एलेक्जान्द्रे लाकाजेट्टेले गोल गर्दै पाहुना टोलीलाई सुरुआती अग्रता दिलाएका थिए ।

त्यसको तीन मिनेट नबित्दै साडियो मानेले गोल गर्दै लिभरपुललाई बराबरीमा फर्काए । ३४औं मिनेटमा एन्ड्रे रोबर्टसनले गोल गरेपछि पहिलो हाफभरि लिभरपुलले २–१ गोलको अग्रता बनायो ।

खेल सकिन २ मिनेट बाँकी छँदा डिएगो जोटाले गोल गर्दै लिभरपुललाई ३–१ गोलको जित दिलाए ।

जितसँगै लिभरपुल ३ खेलबाट ९ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ । लिभरपुलले पहिलो खेलमा लीड्स युनाइटेडमाथि जित निकालेको थियो भने दोस्रो खेलमा चेल्सीलाई हराएको थियो ।

आर्सनल भने ६ अंकका साथ पाँचौं स्थानमा छ । आर्सनलले पहिलो खेलमा फुलह्याम तथा दोस्रो खेलमा वेस्ट ह्याममाथि जित निकालेको थियो ।

गए राति भएको अर्को खेलमा एस्टोन भिल्लाले फुलह्यामविरुद्ध ३–० गोलको जित निकालेको छ ।