Rumpum Advertisement

अस्वस्थकर जीवनशैली नै मुटुरोगको कारण

Neuro Revised Adv
Koshi Dashain ad
अस्वस्थकर जीवनशैली नै मुटुरोगको कारण

विराटनगर, १३ असोज । अस्वस्थकर जीवनशैलीका कारण मुटुरोगको जोखिम बढेको छ ।

कोरोना भाइरसको जोखिम बढ्दै गएको अहिलेको अवस्थामा मुटुरोगीका समस्या झनै थपिएका छन् । मानिस आफ्नो स्वास्थ्यलाई ध्यान नदिँदा मुटुरोगको सिकार हुने गरेका छन् । स्वस्थ व्यक्तिले पनि मीठो, मसालेदार, चिल्लो, स्वादिलो खाना निरन्तर रूपमा खाँदै जाँदा विस्तारै नसर्ने रोगको सिकार हुने गरेका छन् । नसर्ने रोगमध्ये प्रमुख रूपमा मुटुरोग पर्दै आएको छ ।

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीले मानिसको आहार, व्यवहारले मुटुरोगको जोखिम बढाउने बताए । चुरोट, खैनी, गुट्खा जस्ता पदार्थ नियमित सेवन गर्नाले मुटु रोगको सम्भावना बढाउने जानकारी दिँदै उनले यी वस्तुमा हुने निकोटिनले मुटुका धमनीलाई साँघुरो बनाउने र विस्तारै मुटुसम्बन्धी रोग लाग्ने बताए ।

अस्वस्थकर खानपान तथा चुरोट बिँडीजस्ता पदार्थ नियमित सेवन गर्नाले मुटुलाई बढी बल परेर रक्तचाप बढ्न जाने उनले बताए । अत्यधिक खानपिन र शारीरिक निष्क्रियताबाट विश्वका एक अर्ब मानिस बोसोका कारण ‘ओभरवेट’ समस्यामा परेको अनुमान छ ।

व्यायामले कोलस्टेरोललाई सन्तुलनमा राख्नका साथै रक्तचाप, सुगर र स्ट्रेसलाई पनि नियन्त्रित गर्ने भन्दै यसबाट फाइदा हुने चिकित्सकको भनाँइ छ । सरकारले मुटुरोगीलाई एक लाख रुपैयाँ औषधि उपचारबापत बेहोर्दै आएको छ । १५ वर्षभन्दा मुनिका बालबालिका तथा ७५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकका लागि स्वास्थ्य उपचार तथा मुटुसम्बन्धी सम्पूर्ण शल्यक्रिया निःशुल्क रूपमा गरिरहेको छ ।

विश्वमा बर्सेनि एक करोड ८० लाख मानिस मुटुरोगका कारण मर्ने गर्दछन् । यसमध्ये विकासोन्मुख राष्ट्रमा मुटुरोगबाट मर्नेको सङ्ख्या ८० प्रतिशतभन्दा बढी छ । नेपालमा करिब ३० प्रतिशत वयस्क मानिसलाई उच्च रक्तचाप छ, २० प्रतिशतलाई कोलस्टेरोल, १० प्रतिशतलाई मधुमेह रहेको छ ।

यसैबीच विश्व मुटु महासङ्घको आह्वानमा विश्वभरि ‘मन लगाउँ, मुटु बचाउँ’ भन्ने नाराका साथ जनचेतनामूलक कार्यक्रम गरेर विश्व मुटु दिवस आज (मंगलबार) मनाइँदैछ । आजको गोरखापत्र दैनिकमा समाचार छ