Rumpum Advertisement

सुपर ओभरमा मुम्बईमाथि बैंग्लोरको जित

Neuro Revised Adv
Koshi Dashain ad
सुपर ओभरमा मुम्बईमाथि बैंग्लोरको जित

विराटनगर, १३ असोज । तेहौं संस्करणको इन्डियन प्रिमिय लिग (आईपीएल) रोयल च्यालेन्जर्स बैंग्लोरले दोस्रो जित निकालेको छ । सोमबार राति भएको खेलमा बैंग्लोरले साविकको विजेता मुम्बई इन्डियन्सलाई सुपर ओभरमा हराएको हो ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा बैंग्लोरले दिएको २०२ रनको लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ५ विकेट गुमाउँदै २०१ रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो ।

सुपर ओभरमा मुम्बईले १ विकेट गुमाएर ७ रन बनायो भने बैंग्लोरले विना विकेटको क्षतिमा ११ रन जोड्यो

सुपर ओभरअघि मुम्बईका लागि इशान किशनले ९९ रनको अर्धशतकीय इनिङ्स खेले । केइरन पोलार्डले अविजित रहँदै ६० रन बनाउँदा हार्दिक पाण्डय र क्विनटन डी ककले समान १४ रन बनाए । कप्तान रोहित शर्मा ८ रनमा आउट भए ।

बैंग्लोरका इशुरु उडानाले २ विकेट लिँदा एडम जाम्पा, वासिंगटन सुन्दर र युजभेन्द्र चाहलले १–१ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ गरेको बैंग्लोरले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै रन बनाएको थियो ।

बैंग्लोरका लागि एबी डी भिलियर्स अजिवित अर्धशतकीय इनिंग्स खेले । २४ बल खेलेका उनले ४ चौका र ४ छक्काको सहायतामा ५५ रन जोडे ।

यस्तै देबदत्त पाडिकलले ५४ रन जोड्दा आरोन फिन्चले ५२ रन जोडे । शिवम डुबेले अजिवित रहँदै २७ रन जोड्दा कप्तान विराट कोहली ३ रनमै आउट भए ।

बलिङतर्फ ट्रेन्ट बल्टले २ तथा राहुल चाहारले एक विकेट लिए ।

जितसँगै ३ खेलबाट ४ अंक बनाउँदै बैग्गलोर तेस्रो स्थानमा उक्लिएको छ । मुम्बईसँग भने समान खेलबाट २ अंक छ ।

माहेला जयवर्दनेको प्रशिक्षणमा रोहित शर्माको नेतृत्वमा आईपीएल खेलिरहेको मुम्बई पहिलो खेलमा चेन्नई सुपर किंग्ससँग पराजित भएको थियो । तर दोस्रो खेलमा मुम्बईले कोलकता नाइट राइडर्सलाई ४९ रनले हराएको थियो ।

पहिलो खेलमा सनराइजर्स हैदराबादलाई दस रनले हराउँदै प्रतियोगिताको सुखद सुरुआत गरेको बैंग्लोर आफ्नो दोस्रो खेलमा भने किंग्स एलेभेन पञ्जाबसँग ९७ रनको भारी अन्तरले पराजित भएको थियो ।