Rumpum Advertisement

प्रहरी समायोजनको बाटो खुल्यो

Neuro Revised Adv
Koshi Dashain ad
प्रहरी समायोजनको बाटो खुल्यो

विराटनगर, १३ असोज । उपत्यकाको सुरक्षा जिम्मेवारीसम्बन्धी कानुनी व्यवस्था स्पष्ट भएसँगै प्रहरी समायोजनको प्रक्रिया अब अगाडि बढ्ने भएको छ ।

सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिस अनुसार नेपाल प्रहरी तथा प्रदेश प्रहरीको कार्यसञ्चालन, सुपरीवेक्षण र समन्वयसम्बन्धी अध्यादेश जारी गर्नुभएसँगै सुरक्षा जिम्मेवारीको विषय टुङ्गिएको हो । अध्यादेशले ऐन संशोधन गरेको छ । जसअनुसार काठमाडौँ, भक्तपुर र ललितपुरको सुरक्षा जिम्मेवारी नेपाल प्रहरीले पाउनेछ ।

उपत्यकाको सुरक्षा जिम्मेवारीको विषयमा विवाद हुँदा प्रहरी समायोजनको प्रक्रिया रोकिएको थियो । नेपाल प्रहरीबाट सम्पादन हुने कामका लागि उपत्यकाका तीनवटै जिल्लामा नेपाल प्रहरी अन्तर्गतका प्रहरी कार्यालय रहनेछन् । यस्तै अध्यादेशले नेपाल प्रहरीले अनुसन्धान गर्ने सूचीबाट अध्यागमनसम्बन्धी कसुर हटाएको छ ।

यसैबीच काठमाडौँ उपत्यकाको शान्तिसुरक्षा तथा अपराध नियन्त्रणका लागि गठित ‘महानगरीय प्रहरी कार्यालय’ को नाम ‘सङ्घीय राजधानी प्रहरी’ मा परिवर्तन भएको छ । अध्यादेशपछि नेपाल प्रहरीलाई प्रदेश समायोजन प्रक्रियाका लागि बाटो खुलेको केन्द्रीय प्रहरी प्रवक्ता कुवेर कडायतले जानकारी दिए । ‘सङ्घीय राजधानी प्रहरी’ को नेतृत्व प्रहरी नायब महानिरीक्षक (डीआईजी)ले गर्नेछन् । आजको गोरखापत्र दैनिकमा समाचार छ