Rumpum Advertisement

लागुऔषध खैरो हेरोइनसहित एक पक्राउ

Neuro Revised Adv
Koshi Dashain ad
लागुऔषध खैरो हेरोइनसहित एक पक्राउ

विराटनगर, १३ असोज । प्रहरीले लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर) सहित विराटनगरबाट एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीको लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको टोलीले विराटनगर महानगरपालिका–१६ दरैयाका ६१ वर्षीय रामु मण्डललाई सोमबारसाँझ पक्राउ गरेको छ । विराटनगर– १२ कलेज रोडबाट पक्राउ परेका उनको साथबाट पाँच ग्राम ७० मिलिग्राम ब्राउन सुगर फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए ।

खैरो हेरोइन (ब्राउन सुगर) सहित पक्राउ परेका ६१ वर्षीय रामु मण्डल ।

साइकलमा यात्रा गरिरहेका उनले भारतबाट ब्राउन सुगर लिएर आएको हुन सक्ने आशंका गरिएको छ । मण्डलले लगाएको टी–सर्टको अगाडिको गोजीमा सेतो प्लाष्टिकभित्र प्याक गरेर राखेको अवस्थामा ब्राउन सुगर बरामद भएको डीएसपी राईको भनाइ छ । उनीविरुद्ध लागुऔषध मुद्दा चलाउन प्रहरीले प्रक्रिया अघि बढाएको छ ।