Rumpum Advertisement

दुई करोड ४८ लाख बढी संक्रमित निको भए

Neuro Revised Adv
Koshi Dashain ad
दुई करोड ४८ लाख बढी संक्रमित निको भए

विराटनगर, १३ असोज । विश्वमा कोरोना भाइरस संक्रमण पुष्टि भएकामध्ये दुई करोड ४८ लाख बढी निको भएर घर फर्किएका छन् ।

संक्रमित बनेर उपचार गराइरहेकामध्ये दुई करोड ४८ लाख ६७ हजार ३६ जना मंगलबार बिहानसम्ममा कोरोना जित्दै डिस्चार्ज भएर घर फर्किएका हुन् । एकै दिन दुई लाख २६ हजार ७२ जना नयाँ बिरामी थपिएपछि विश्वमा संक्रमित संख्या तीन करोड ३५ लाख ३९ हजार दुई सय ३९ पुगेको छ ।

संक्रमितमध्ये ७६ लाख ६६ हजार एक सय ५५ जना उपचाररत छन् । उपचार गराइरहेकामध्ये ६५ हजार तीन सय ७७ जनाको अवस्था गम्भीर छ । एकै दिन तीन हजार सात सय ५६ संक्रमितको मृत्यु भयो । हालसम्म ज्यान गुमाउने संक्रमितको संख्या १० लाख छ हजार ४८ पुगेको छ ।

अमेरिकामा हालसम्म ७३ लाख ५८ हजार सात सय ८९ जनामा संक्रमण पुष्टि भइसकेको छ । संक्रमितमध्ये ४६ लाख पाँच हजार तीन सय ७९ जना उपचारपछि निको भएर घर फर्किएका छन् । २५ लाख ४३ हजार छ सय ५६ जना उपचाररत रहेकोमा १४ हजार ५७ जनाको अवस्था गम्भीर छ ।

एकै दिन ३४ हजार पाँच सय ९६ नयाँ संक्रमित अमेरिकामा थपिएका छन् । हालसम्म दुई लाख नौ हजार सात सय ५४ जना संक्रमितको मृत्यु भएको छ । २४ घण्टाभित्रमा तीन सय एक जनाले ज्यान गुमाए ।

भारतमा संक्रमितमध्ये ५० लाख ९८ हजार पाँच सय ७३ जना कोरोना पराजित गर्दै घर फर्कन सफल भएका छन् । एकै दिन ६९ हजार छ सय ७१ नयाँ बिरामी थपिएपछि संक्रमित संख्या ६१ लाख ४३ हजार १९ पुगेको छ ।

संक्रमण पुष्टि भएका नौ लाख ४८ हजार ९५ जना उपचाररत रहेकोमा आठ हजार नौ सय ४४ जनाको अवस्था चिन्ताजनक छ । कोरोनाका कारण ९६ हजार तीन सय ५१ जनाको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टाभित्रमा सात सय ७७ जनाले ज्यान गुमाए ।

ब्राजिलमा ४० लाख ८४ हजार एक सय ८२ संक्रमित कोरोना जित्दै डिस्चार्ज भएर घर फर्किएका छन् । ४७ लाख ४८ हजार तीन सय २७ जनामा संक्रमण पुष्टि भएकोमा पाँच लाख २१ हजार नौ सय ८४ जना उपचाररत रहेको वाल्डो मिटरले जनाएको छ । उपचाररतमध्ये आठ हजार तीन सय १८ जनाको अवस्था गम्भीर छ ।

ब्राजिलमा एक लाख ४२ हजार एक सय ६१ संक्रमितको मृत्यु भइसक्यो । एकै दिन तीन सय ८५ जनाले ज्यान गुमाएका छन् ।